Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण : यसरी बित्ने छ दुई दिन

चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण : यसरी बित्ने छ दुई दिन

काठमाडौं, २४ असोज । चिनियाँ राष्ट्रपति सि चिनफिङ शनिबार नेपालको राजकिय भ्रमणमा आउदै छन् । उनको भ्रमणको क्रममा नेपालले ठूला भौतिक पूर्वाधार निर्माणमा सहयोगको प्रस्ताव गर्ने गरि आवश्यक तयारी गरिरहेको बुझिएको छ ।

सि भोली (शनिवार) बेलुकी ४ः३० देखि ५ः३० बजेसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यतालिका रहेको छ । त्यसलगतै राष्ट्रपति उनले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा भेटवार्ता गर्ने छन् । सो अवसरमा दुई देशीबीचको सम्बन्ध विस्तारबारे छलफल हुने छ । त्यसपश्चात करिब ७ः३० बजे राष्ट्रपति सिको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा रात्रिभोज आयोजना गर्नेछिन् । सो भोजमा सहभागि भएसँगै उनको पहिलो दिनको भ्रमण तालिका सकिने छ ।

आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ । वार्तामा प्रविधि, कृषि र बीआरआई लगायत दुई देशिय हितका विविध पक्षमा छलफल हुने र बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने कार्यक्रम तय भएको छ ।त्यस्तै सिसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका शिर्ष नेताहरुले पनि भेटवार्ता गर्नेछन् ।

सोही दिन करिब १२ः३० बजे तिर सि स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x