Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चिनियाँ राष्ट्रपति आउँने मिति र समय सम्बन्धि सुचना चुहाएपछि हटाइएका विमानस्थलका महाप्रबन्धक क्षेत्रीको स्थानमा केसीलाई जिम्मेवारी

चिनियाँ राष्ट्रपति आउँने मिति र समय सम्बन्धि सुचना चुहाएपछि हटाइएका विमानस्थलका महाप्रबन्धक क्षेत्रीको स्थानमा केसीलाई जिम्मेवारी

काठमाडौ २४ असोज । चिनिया राष्ट्रपति सी जिनपिङ नेपाल आउने मिति र समय सम्बन्धी सुचना चुहाएको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई हटाईएको छ । सुचना अन्य निकायबाट चुहावट भए पनि प्राधिकरणले क्षेत्रलाई नै दोषी ठहर गरी महाप्रबन्धकबाट हटाएको बिमानस्थल स्रोतले बताएको छ ।

स्रोतका अनुसार बिमानस्थलमा एओसी समूह (एयरआईन्स अपरेटिङ्ग कमिटि ग्रुप) को आफनै सामाजिक सञ्जाल छ । उक्त सञ्जालमा नेपालमा उडान भर्ने बायुसेवा कम्पनीका कर्मचारीहरु आबद्ध छन् । गत असोज ९ गते समूहका सदस्यहरुले चिनिया राष्ट्रपतिको भ्रमण तालिकाबारे सामाजिक सञ्जालको ग्रुपमा कुराकानी भएको स्रोतले बताएको छ । उक्त समूहमा एयर चाईनाका कर्मचारी पनि छन् । उक्त समूहको भएको कुराकानी एयर चाईनाका कर्मचारीले चाईनिज राजदूताबासमा पुराएको स्रोतले बताएको छ । राजदूताबासले यसै बिषयलाई लिएर परराष्ट्र मन्त्रालयमा आपत्ती जनाएको थियो । जसबारे परराष्ट्र मन्त्रालयले महाप्रबन्धक क्षेत्रीसँग सोधपूछ गरेको थियो ।

यसै बिषयलाई आधार बनाएर प्राधिकरणले गत असोज १६ गते क्षेत्रलाई प्राधिकरणको सचिवालयमा सरुवा भएको पत्र थमाएको थियो । बिमानस्थलकै ११ औ तहका सुरेशमान सिंहलाई निमित्तको जिम्मेवारी दिएको थियो । प्राधिकरणले असोज २३ गते भने महानिर्देशक देवेन्द्र केसीलाई बिमानस्थलको महाप्रबन्धक नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x