Date

बुध, असार ३२, २०८२
Wed, July 16, 2025

जापानमा आँधीका कारण १० को मृत्यु, १६ बेपत्ता

जापानमा आँधीका कारण १० को मृत्यु, १६ बेपत्ता

काठमाडौं, २६ असोज । जापानमा शनिबार आएको हागिबिस आँधीका कारण १० जनाको मृत्यु भएको छ । उक्त आधीमा परी १६ जना बेपत्ता भएको जापानस्थित समाचार एजेन्सीहरुले जनाएका छन्।

दशकौं यताको शक्तिशाली आँधीका कारण जापानको राजधानी टोक्यो अस्तव्यस्त भएको छ। आँधीका कारण करिब पाँच लाख मानिस प्रभावित हुने गरी बिजुली काटिएको छ। हगिबिस आँधीले स्थानीय समय अनुसार साँझ ७ बजे जापानी तटलाई हानेको थियो ।

त्यसपछि उक्त आँधी जापानको मुख्य भूभागतर्फ २२५ किमि प्रति घण्टाको दरमा अगाडि बढेको छ। एजेन्सीका अनुसार २ लाख ७० हजार घरहरूमा बिजुली गएको छ। सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न भनिएको छ। तर ५० हजार मात्र सुरक्षित शिविरमा बसेका छन्। आँधीकै कारण कैयौँ बुलेट ट्रेन सेवा रोकिएका छन् । टोक्योको मेट्रो सर्भिस पनि शनिवार दिनभरजसो रोकिएको थियो।

टोक्योको हानेडा विमानस्थल र चीबास्थित नारिटा विमानस्थलका गरि करिब एक हजार सबै उडानहरू रद्द गरिएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *