Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल र चीनबीच १८ सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १८ सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं, २६ असोज । नेपाल र चीनबीच विभिन्न १८ सम्झौतापत्रमा तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।त्यस्तै १८ सम्झौतापत्रसहित २वटा लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

सी र ओलीको उपस्थितिमा समझदारीपत्र आदान प्रदान भएपछि सी स्वदेश फर्किन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरेका छन् ।

हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरलगायतका विषय समावेश गरिएका छन्। केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेको छ।

त्यस्तै समझदारी पत्र पूर्वाधार विकासमा केन्द्रित छ। स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x