Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २६ असोज । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरेको छ । आइतबार विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गर्दै नेपालको आ.व. २०७६/७७ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । सन् २०१९ मा विश्व बैंकले ७.१ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको थियो ।

त्यस्तै दक्षिण एसियाको बृद्धि दर भने ५.९ प्रतिशत हुने छ। सरकारले भने साढे ८ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ। विश्व बैंकको ‘फुट नोट’ अनुसार बढ्दो पर्यटक आगमन र उच्च सार्वजनिक खर्चका कारण सेवा र निर्माण क्षेत्रको गतिविधि बढ्ने भएकाले आर्थिक वृद्धिमा असर पर्ने देखिएको छ।

उच्च आर्थिक बृद्धि हुने दक्षिण एसियाली मुलुकहरुमा नेपाल चौथो देश हुने जनाइएको छ भने हाल नेपालको दोस्रो स्थानमा छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x