स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

काठमाडौं, २६ असोज । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी हुन् ।

शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो २ः१५ बजेपछि स्वदेश फर्किएका छन् । शनिबार राष्ट्रपति भण्डारीले नै समकक्षी सीलाई स्वागत गरेकी थिइन् ।

सीको विदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत उपस्थित थिए ।
सीको सुरक्षालाई मध्येनजर गर्दै आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो २ बजेसम्म आन्तरिक तथा बाह्य सबै उडान–अवतरण बन्द गराइएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *