चीन र नेपाल बिच २० वटा बुँदा समझदारी, यस्ता छन् समझदारीका बुँदाहरु
काठमाडौ २७ असोज । चीनका राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने भ्रमण सकेर फर्केका छन् भ्रमणका क्रममा चीन र नेपाल बिच विभिन्न बुदाँमा समझदारी भएको छ । नेपाल र चीनबीच २० वटा बँुदा सहितको द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् । दुई मुलुक बिच भएको यस्ता छन् समझदारीका बुँदाहरु ः
१. सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र जन गणतन्त्र चीनका सरकारहरुबीचको सम्झौता भएको छ ।
२. शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदानप्रदान सम्बन्धी नेपाल र जनगणतन्त्र चीनका सरकारहरु बीच एमओयू भएको छ ।
३. अपराधिक विषयहरुमा पारस्परिक कानूनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीचको सन्धि भएको छ ।
४. नेपाल र चीनबीच सगरमाथारझुमुलाङमा संरक्षण समन्वयबारे एमओयू भएको छ ।
५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरु प्रबर्द्धन गर्ने सम्बन्धी एमओयू भएको छ ।
६. छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नका लागि एक्सचेन्ज अफ नोट सम्बन्धी सम्झौतापत्र आदान प्रदान भएको छ ।
७. चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू भएको छ ।
८. काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगीनी शहरको सम्वन्ध स्थापना गर्ने सम्वन्धी समझदारी भएको छ ।
९. नेपालको बुटबल उपमाहनगरपालिका शहर र चीनको जियान शहरबीच भगीनी शहरको सम्वन्ध स्थापना गर्ने सम्बन्धी समझदारी भएको छ ।
१०. नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनीया ओखतिको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वय सम्वन्धी एमओयू भएको छ ।
११. नेपालको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्था मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आप्तकालीन प्रतिक्रिया सम्वन्धमा एमओयू भएको छ ।
१२. नेपालको महान्यायधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्यूरेटरबीच साझेदारीका विषयमा एमओयू भएको छ ।
१३. नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूसियस इन्स्टिच्यूटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूसियस इन्स्टिच्युट स्थापना गर्ने सम्वन्धमा सम्झौता भएको छ ।
१४. नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच नेपालबाट चीनमा अमिला फलको निर्यातका लागि वनश्पती स्वास्थ्यका मापदण्डहरुको कार्यविधि निर्माण गर्ने समझदारी भएको छ ।
१५. व्यापारमा संयुक्त कार्य समुहको स्थापनाका विषयमा नेपालको उद्योग, वाणिजय र आपूर्ति मनत्रालय तथा चीनको वाणिज्य मन्त्रालयबीच एमओयू भएको छ ।
१६. नेपालमा चीनको सहयोगमा निर्मित भूकम्प मापन संयन्त्रसम्वन्धी परियोजनाको लागि विरतण र स्वीकृतिपत्रमा समझदारी भएको छ ।
१७. नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी समन्वय कार्यसमुहको स्थापना सम्वन्धी एमओयू भएको छ ।
१८. नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माणमा सहकार्य सम्वन्धमा एमओयू भएको छ ।
१९. सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणका लागि एक्सचेन्ज अफ लेटर भएको छ ।
२०. नेपालको काठमाडौं उपत्यकामा चिनीया सहयोगका महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि माइन्यूट अफ मिटिङ ।