Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

तमोर र माडी जलविद्युत आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने

तमोर र माडी जलविद्युत आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने

काठमाडौ २७ असोज । नेपालका दुई वटा ठूला जलविद्युत आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा आईतबार नेपाल र चिन बिच पाँचथरमा पर्ने ७६२ मेगावाट क्षमताको तमोर र रोल्पामा पर्ने १५६ मेगावाटको माडी जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको हो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन, उर्जा सचिव दिनेशकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रमा पावर चाईनका उपाध्यक्ष पान देङ युले हस्ताक्षर र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसिएल) का प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आयोजनामा एचआईडिसएल कम्पनीको २६ प्रतिशत सेयर हुनेछ । चाईना पावर कम्पनीको ७४ प्रतिशत हिस्सा हुनेछ । दुवै आयोजना सार्वजनिक निजी साझेदारीमा मोडलमा निर्माण गरिनेछ । आयोजनाको कुल लागत १ खर्ब ६४ अर्ब अनुमान गरिएको छ । जसमध्ये तमोरको लागि १ खर्ब २५ अर्ब र माडीका लागि ३९ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x