Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक आजदेखि सुरु

काठमाडौं, २७ असोज । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि सुरु भएको छ । भारतको बैंग्लोरमा आज र भोली बैठक बस्ने छ । यो पटकको बैठक अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडल र विद्युत् व्यापारका विषयमा केन्द्रीत हुने बताइएको छ ।

लामो समयदेखि लगानीको मोडेल तय हुन नसक्दा अड्किएर रहेको दोस्रो अन्तरदेशीय प्रसारण लाइनको विषयले यो बैठकबाट पूर्णता पाउने विश्वास लिइएको छ । गएको माघ १० मा सम्पन्न यसअघिको नेपाल–भारत ऊर्जा बैठकमा दुबै देशको विद्युत् प्रणाली भरपर्दो बनाउन उक्त लाइन आवश्यक रहेकोमा भारतीय पक्ष सहमत भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x