सिंहदरबारको पश्चिम मोहडाको पुनर्निर्माणका लागि करिब ४२ करोड ठेक्का सम्झौता

काठमाडौं, २८ असोज । सिंहदरबारको पुनर्निर्माणको जिम्मा शर्मा—गौरी पार्वती—न्यू टेक्निकल जेभीले पाएको छ । सिंहदरबारको पश्चिम मोहडाको पुनर्निर्माणको लागि भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा पनि ठेक्का सम्झैता भएको हो ।

सम्झौता अनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य सुरु गर्नुपर्नेछ । पुनर्निर्माण कार्यको परामर्शदातामा आरआरसी—इकोकोड नेपाल जेभी छनोट भएको छ । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा पुनर्निर्माणको कार्य भै रहेको छ।

पुनर्निर्माणको कार्यन्वयनको जिम्मेवारी लिएको प्राधिकरण अन्र्तगतको केन्द्रिय आयोजना कार्यन्वयन एकाई र शर्मा—गौरी पार्वती—न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्प जानुअघिको भन्दा बलियो हुने गरी पुनर्निर्माण गरिनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *