Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनआरएन ९ औं विश्व सम्मेलन काठमाडौंमा सुरु, विदेशमा सिकेको ज्ञान र सीप नेपालको विकासमा लगाउनु पर्नेमा राष्ट्रपति भण्डारीको जोड

एनआरएन ९ औं विश्व सम्मेलन काठमाडौंमा सुरु, विदेशमा सिकेको ज्ञान र सीप नेपालको विकासमा लगाउनु पर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं, २८ असोज । गैर अवासीय नेपाली (एनआरएन)हरुको ९ औं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलनको राष्ट्रिपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी हुन् ।

राष्ट्रिपति भण्डारीले नेपालको विकास र समृद्धिमा गैर आवासीय नेपालिहरुको ठूलो योगदान रहेकोले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउनु पर्ने बताइन् । नेपाल आर्थिक र सामाजिक विकासको चरणमा रहेकोले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई साकार बनाउँने अभियानमा साथ दिन गैर आवसीय नेपालीहरुलाई आग्रह गरिन् ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालको आर्थिक विकास र समृद्धिमा एनआरयनलाई सरकारले विकासको साझेदारको रुपमा लिएको बताए । उनले गैर अवासीय ऎनहरु संसोधनको चरणमा रहेको बताए । मन्त्री ज्ञावलीले एनआरएनहरुलाई नेपालको विकासमा सहयोग गर्न आग्रह गरे । उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोगको लागि अग्रहसमेत गरे ।

सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले गैर आवासीय नेपालीले नेपालमा लगानी प्रबर्द्धनमा थप जोड दिनु पर्नेमा जोड दिए । एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले एनाअरएन नागरिकता बितरनमा सरकारसँग माग गरे । उनले सरकारले लिग्यको सम्मृद नेपाल निर्माणमा आफूहरुको सहयोग जुन सुकै रुपमा हुने प्रतिद्धता जनाए ।

त्यसैगरी सम्मेलनको सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको लागि सरकार, निजि क्षेत्र र गैर आवसीय नेपालीको सहकार्य आवश्यक रहेकोले यस तर्फ सबैले ध्यन दिनु पर्नेमा जोड दिइन् । समृद्धिको यात्रामा साथ दिन एनआरएनहरुलाई उनले आग्रहसमेत गरिन् ।

सम्मेलनमा ८१ मुलुक २ हजार ५ सय प्रतिनिधि समभागी छ्न् । यो सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x