Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

३ अर्थशास्त्रीलाई नोबल पुरस्कार दिने घोषणा

३ अर्थशास्त्रीलाई नोबल पुरस्कार दिने घोषणा

काठमाडौं, २८ असोज । सन् २०१९ का लागि ३ जना अमेरिकी अर्थशास्त्रीहरुलाई नोबल पुरस्कार दिने घोषणा गरिएको छ । सोमबार अमेरिकी अर्थशास्त्रीहरु अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमरलाई संयुक्त रूपमा यो वर्षको नोबल पुरस्कार दिने घोषणा गरिएको हो ।

उनीहरुलाई गरिबी निवारण र एसिया तथा अफ्रिकाका लाखौं बालबालिकालाई शिक्षा हासिल गर्न सहयोग पुर्याएबापत पुरस्कार दिइएको जनाइएको छ । डफ्लो अर्थशास्त्रमा नोबल पुरस्कार पाउने दोस्री महिला हुन्। उनीहरुद्धारा प्रवद्र्धित ¥यान्डमाइज्ड कन्ट्रोल ट्रायल अर्थात् आरसिटी नामक अनुसन्धान विधि सबैभन्दा वैज्ञानिक मानिएको छ ।

स्विडेनको स्टकहोममा रहेका रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले सोमबार विज्ञप्ति प्रकाशित गरी उनीहरुले प्रवद्र्धन गरेको विधि अनुसन्धानमा सबैभन्दा लोकप्रिय विधिको रुपमा प्रमाणित भएको र यसले विकास अर्थशास्त्रलाई नयाँ उचाइमा लगेकोले यो पुरस्कार दिने निर्णय गरिएको जनाएको छ । त्यस्तै एकेडेमीले ५० लाख भारतीय विद्यार्थी यो विधिबाट प्रत्यक्ष लाभान्वित भएकोपनि जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x