सुन चाँदीको मूल्य बढ्यो, आज सुन प्रतितोला ७० हजार ७ सयमा कारोबार

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) स्थानीय बजारमा सुनको भाउ वृद्धि भएको छ । एक दिनमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँ वृद्धि भएको छ । हिजो प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *