नुवाकोटमा मोटर साईकल चोरीमा संलग्न वडा अध्यक्षका छोरासहित ६ जना पक्राउ

काठमाडौं, २८ असोज । नुवाकोट जिल्लाको बेलकोटगडी नगरपालिकामा मोटर साइकल चोरी हुने क्रम बढेको छ । पछिल्लो ३ दिनमा मात्र मोटर साइकल चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ पर्नेमा उक्त नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्द्रबहादुर लामा (जनम)का छोरा टेकबहादुर लामासहित आकाश तामाङ, सुनिल गोले, सेत बहादुर तामाङ रहेका छन् । त्यस्तै विक्रम आचार्य र सितल केसीलाई भने विदुर नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अध्यक्षका छोरा टेकबहादुरले बा–७३–प ४८५८ नम्बर प्लेटको चोरीको मोटर साईकल प्रयोग गरेको प्रहरीले जनाएको छ । त्यस्तै अन्यले प्रयोग गरेका बा–९९–प १७२८, बा–८०–प २१०१ र बा–७०–प ५७४८ नम्बरका मोटर साईकलहरु पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *