Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

अजोड इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त

अजोड इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त

काठमाडौं, २८ असोज । अजोड इन्स्योरेन्स लिमिटेडले साधारण सेयर निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अजोडले ३० लाख कित्ता सेयर प्रति शेयर एक सय रुपैयाँ अंकित दरले साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न एनआईबिएललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा अजोडका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । हाल अजोडको अधिकृत पूँजी एक अर्व रुपैयाँ, जारी पूँज एक अर्व रुपैयाँ र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्व रुपैयाँ हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x