भोकमरीको सूचिमा नेपाल ७३ औं स्थानमा, भारत १०२ र बंगलादेश ८८ औं स्थानमा
काठमाडौं, २९ असोज । भोकमरीको सूचिमा नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । ‘कन्सर्न वर्ल्डवाइड र वेल्थुन्गरहिल्फले १ सय १७ मुलुकको संयुक्त रुपमा तयार पारेर ग्लोबल हंगर इन्डेक्समा नेपाल ७३ औं स्थानमा रहेको छ ।
प्रतिवेदनमा भारत १०२ नम्बरमा, बंगलादेश ८८, पाकिस्तान ९४ र श्रीलंका ६६ औं स्थानमा छन् । बेलारुस, युक्रेन, कुवेत टर्की, क्युबा माथिल्लो श्रेणीमा रहेको पाइएको छ ।
४३ देशमा भोकमरीको अवस्था गम्भीर रहेको सो प्रतिवेदनमा देखाइएको छ। मडागास्कर, यमन र जाम्बियाको भोकमरीको तह उच्चदरमा रहेको र सेन्ट्रल अफ्रिकन रिपब्लिकको अवस्था त्यो भन्दा नराम्रो रहेको छ ।