Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भारतमा हुने दुई छुट्टा–छुट्टै व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने दुई छुट्टा–छुट्टै व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

काठमाडौं, २९ असोज । भारतमा हुने “नयाँ दिल्ली रिर्भस बायर सेलर मिट २०१९” र “भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९” मा नेपाल चेम्बर अफ कमर्सको व्यापारिक प्रतिनिधिमण्डल सहभागि हुने भएको छ। नयाँ दिल्लीमा अक्टोबर १७ देखि १९ सम्म हुने रिभर्स बायर सेलर मिट २०१९ मा भाग लिन चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यिय प्रतिनिधि मण्डल र र भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ मा भाग लिन ३८ सदस्यिय प्रतिनिधिमण्डल गोवा गएको छ ।

नयाँ दिल्लीमा हुने “रिभर्स बायर सेलर मिट २०१९”मा उद्योग, व्यापार सञ्चालनका लागि क्रेता र बिक्रेताहरुबिच समन्वय र सहकार्य गर्ने मौका मिल्ने भएकाले चेम्बर अफ कमर्सबाट उद्यमी व्यवसायीहरुको सहभागिता भएको जनाइएको छ। त्यस्तै गोवा राज्यमा भएका उद्योग एवं व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यवसायीक अवसर प्राप्त भई व्यवसाय तथा ज्ञानको आदान प्रदान गर्न करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीको सहभागिता हुने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x