सेयर बजारमा गिरावट

काठमाडौं, २९ असोज । हिजो ५.०८ अंकले बढेको सेयर बजार आज भने ५.०१ अंकले घटेको छ । आज नेप्से परिसूचक ११३७.०३ को विन्दुमा झरेको छ ।

आज कारोबारमा आएका मध्ये विकास बैंक, म्यूचुअल फन्ड र हाइड्रोपावर बाहेक अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ। विकास बैंक ७.४३, म्यूचुअल फन्ड २.७६ र हाइड्रोपावर समूहमा ०.०१ अंकको मात्र बृद्धि भएको छ।

कारोबार पनि हिजोको तुलनामा कम भएको छ । हिजो २२ करोड २४ लाख बराबरको कारोबार भएकोमा आज १९ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । त्यसमा प्रभु बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । प्रभु बैंकको आज ५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *