एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं, २९ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त चुनावी मैदानमा उक्रिएका छन् ।

उपाध्यक्षहरुमा हिक्मतबहादुर थापा, किरण विक्रम थापा, अर्जुन कुमार श्रेष्ठ, नरेन्द्र बहादुर भाट, डा.बद्री के.सी, मन के.सी, धर्मराज अधिकारी, सोनाम लामा र डा.केशव पौडेलले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा भने सपिला राज भण्डारी र रविना थापाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महासचिवमा जानकी गुरुङ र डा.हेमराज शर्माबीच प्रतिस्पर्धा हुदैछ ।

विद्युतीय मेसिनबाट मतदान गरिएकाले नजिता चाडै आउने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *