Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

एनआरएनएको निर्वाचन स्थगित

एनआरएनएको निर्वाचन स्थगित

अन्नपूर्ण । काठमाडौं
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले प्राविधिक समस्याका कारण बिहीबार बिहान १० बजेसम्मका लागि निर्वाचन स्थगित गरेको हो । बुधबारका लागि सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार अपराह्न ३ बजेदेखि मतदान शुरु गर्ने भनिएको थियो । तर उम्मेद्वारहरुको मनोनयनमै विवाद भएपछि निर्वाचन समितिले निर्वाचन तालिका केही हेरफेर गरेको थियो । साझ सात बजेपछि मतदान सुरु गरिएको भएपनि प्राविधिक समस्या आएको भन्दै समितिले निर्वाचन भोलिसम्मका लागि सारेको छ ।
सम्मेलनमा २,५०० प्रतिनिधि सम्मिलित छन् । एनआरएनएको महाधिवेशनले आगामी दुई वर्षका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ कार्यसमिति चयन गर्नेछ । जसमा ४२ पदका लागि मतदान हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x