Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बुधबार स्थगित भएको एनआरएनएको निर्वाचन सुरु हुँदै

बुधबार स्थगित भएको एनआरएनएको निर्वाचन सुरु हुँदै

काठमाडौ ३० असोज । बुधबार स्थगित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आज सुरु हुँदैछ । बुधबार मतदानका लागि प्रयोग गरिएको विद्युतीय मेशिन विग्रिएको भन्दै निर्वाचन समितिले मतदान प्रक्रिया स्थगित गरेको थियो । मतदान विहीबार १० बजे देखि सुरु हुने भनिएता पनि ९ बजे देखि सुरु हुन थालेको आयोजक समितिले जानकारी दिएको छ ।

बुधबार ३ बजे देखि नै मतदान सुरु हुने भनिए पनि मतदान बेलुका ८ बजे मात्रै सुरु भएको थियो । करिब आधाघण्टा मतदान भएपछि मेशिन विग्रिएको भन्दै मतदान प्रक्रिया स्थगित भएको थियो ।
मतदान समयमा नै सुरु नभएको र राजनीतिक भागबण्डा भएको भन्दै मतदान स्थलमा केही प्रतिनिधिले नाराबाजी सुरु गरेका थिए । भिड अनियन्त्रित भएपछि प्रहरीले बल प्रयोग गरी नियन्त्रण गरेको थियो ।

विद्युतीय मतदान हुने सम्मेलनमा २ हजार ६ सय ५६ जना प्रतिनिधि सहभागी छन् । विश्वका विभिन्न ८१ मुलुकबाट एनआरएनए प्रतिनिधिको उपस्थित रहेको बताइएको छ । सम्मेलनमा आज पनि नाराबाजी हुने सक्ने भन्दै उच्च सुरक्षा सर्तकता अपनाईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x