Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

श्रोत नखुलेको कारोबार गरेपछि पशुपति सेभिङ एण्ड क्रेडिटलाई १० लाख जरिवाना

श्रोत नखुलेको कारोबार गरेपछि पशुपति सेभिङ एण्ड क्रेडिटलाई १० लाख जरिवाना

काठमाडौ ३० असोज । सहकारी विभागले ललितपुरस्थित पशुपति सेभिङ एण्ड क्रेडिटलाई शंकास्पद कारोबार गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना गरेको छ । संस्थाले सम्पती शुद्धीकरण निवारण सम्बन्धी कानुनलाई उल्लघंन गरेको भन्दै विभागले जरिवाना गरेको हो ।

पछिल्लो समयमा सहकारी विभागले सम्पति शुद्धीकरणमा कडाई गर्न थालेको छ । सहकारी संस्थाका श्रोत नखुलेका धेरै कारोबार हुने गरेका छन् । तर, विभागले यस अघि कुनै कारवाही नगरे पनि अहिले भने अनुगमन गर्दै कारवाही गर्न थालेको छ ।

पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संचालक सिबी लामा हुन् । सहकारी श्रोत नखुलेका धेरै कारोबार भएको पाईएपछि विभागले कारवाही गरेको हो । अन्य सहकारीमा यस्तो खालको कारोबार देखिएको विभागले बताएको छ । यकिन भएपछि कारवाही प्रक्रिया अगाडी बढाईने विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x