Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राजधानीमा अन्तर्राष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो सुरु

राजधानीमा अन्तर्राष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो सुरु

काठमाडौं, २१ पुस । काठमाडौं भृकुटीमण्डपमा आज देखि अन्तर्राष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो २०१८ सुरु भएको छ । संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा सुरु भएको एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गरिन ।

तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल छ । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुले सहभागिता जनाएका छन् । विदेशी कम्पनीहरुको सहभागिता समेत रहेकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै विदेशी अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योग्दान पु¥याउने विश्वास लिइएको छ ।

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणाबारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच पनि प्रतिस्पर्धा समेत गराइने आयोजकले जनाएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x