Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

सिएन पाण्डेलाई नाट्टाको अध्यक्ष बनाउन ट्राभल व्यवसायी सहमत

सिएन पाण्डेलाई नाट्टाको अध्यक्ष बनाउन ट्राभल व्यवसायी सहमत

काठमाडौं, २२ पुस । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) मा सिएन पाण्डेको नेतृत्वमा सहमतिय नेतृत्व चयन गर्न बाम र लोकतान्त्रिक गठबन्धनमा आवद्ध पर्यटन व्यवसायीहरु सहमत भएका छन् । कांग्रेस, एमाले र एमाओवादी केन्द्रको संगठनमा आवद्ध व्यवसायीहरुको लामो कसरत पछि नाट्टाले दलिय सहमतिका आधारमा नेतृत्व पाउने पक्का भएको हो ।

पाण्डेको नेतृत्वमा महासचिवमा कांग्रेसका तर्फबाट व्यवसायी रमेश थापा र माओवादी केन्द्र समर्थित व्यवसायीहरुको तर्फबाट कोषाध्यक्षमा बिएन ढकाललाई चयन गरिएको छ। आज बेलुकी सम्म सम्पूर्ण कार्यसमितिको नाम सार्वजनीक गरिने बताइएको छ । उक्त टिमलाई स्वतन्त्र र समावेशी बनाउने गरि अन्य सदस्यहरु चयन गरिने बताइएको छ ।

पाण्डे एमाले समर्थित व्यवसायी हुन । यसअघि अध्यक्षका लागि पाण्डे र कांग्रेस समर्थित व्यवसायी अच्यूत गुरागाई नाम चर्चामा थियो ।
पाण्डे सग्राट ग्रुप र पोखरा र चितवनमा संचालित होटल ल्यान्डमार्कका संचाक हुन भने गुरागाई सिएन्ड स्काई टूर्सका संचालक हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x