Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

अवैध रुपमा सुनको कारोबार गर्ने भारतीयविरुद्ध मुद्धा दायर, ८ करोड विगो दाबी

काठमाडौ ५ कार्तिक । राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी तथा राजस्व चुहावट र विदेशी बिनिमय अपचलन गरेको आरोपमा अतुल बर्मा र सुशीलकुमार राजपुत विरुद्ध मुद्धा दायर गरेको छ । विभागले भारतको पालियाखिरी घर भई हाल धनगढी बस्दै आएका बाबु छोरालाई ८ करोड ६ लाख रुपैयाँ विगो सहित मुद्धा दायर गरेको हो ।

विभागका अनुसार अतुल बर्माले आफना बाबु सुशील कुमार राजपुतको नाममा दर्ता भएको शिवम् सुनचाँदीको पसलको आडमा भन्सार चोरी पैठारी गरी नेपाल ल्याएको सुन चाँदीको काठमाडौबाट अवैधरुपमा बिना विल बिजक खरीद तथा विक्री गरेको पाईएको जनाएको छ । उनीहरुले सुनचाँदी आयातको परिणाम समेत न्यून देखाई भन्सार छली गरेको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x