Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आज देखि काठमाडौंमा नेपाल—बंगलादेश वार्ता सुरु, २३ एजेण्डामा छलफल

आज देखि काठमाडौंमा नेपाल—बंगलादेश वार्ता सुरु, २३ एजेण्डामा छलफल

काठमाडौं, ५ कार्तिक । आज देखि काठमाडौमा नेपाल—बंगलादेश बिच सहसचिव स्तरीय द्धिपक्षीय वार्ता सुरु हुँदैछ । दुई मुलुक बिच २३ वटा व्यापारसँग सम्बन्धित बिषयमा छलफल हुने कार्यक्रम रहेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

वार्ताका लागि नेपालका तर्फबाट बाणिज्य सहसचिव नवराज ढाकालको नेतृत्वमा १४ सदस्यीय टोली गठन भएको छ । बंगलादेशबाट सह सचिवकै नेतृत्वमा सात सदस्यीय बंगालदेश टोली काठमाडौ आईसकेका छ ।

वार्तामा बंगलादेशसँग विद्युत व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्गो बोक्ने सवारी साधन, बन्दरगाह प्रयोग, धोगा निकासी लगायत २३ विषयमा छलफल हुनेछ । छलफलको एजेण्डालाई मन्त्री परिषद्दले समेत स्वीकृत दिईसकेको छ । मन्त्रालयका अनुसार वार्तामा बंगलादेशले जुस निकासीमा लगाईएको प्रतिबन्ध मुद्धालाई प्राथमिकतामा राख्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x