नेपाल बायुसेवा निगमले कोषलाई किस्ता बापत ३३ करोड ९ लाख बुझायो

काठमाडौ ५ कार्तिक । नेपाल बायुसेवा निगमले कर्मचारी सञ्चयकोषलाई ३३ करोड ९ लाख रुपैयाँ किस्ता बुझाएको छ । निगमले एयरबस ३२०—२०० जहाजहरु खरिदमा लिएको ऋणको असोज महिनाको किस्ता भुक्तानी गरेको हो ।

निगमले लामो समयदेखि किस्ता भुक्तानी गरेको थिएन । किस्ता नै भुक्तानी नगरेपछि कोषले पत्रचार गरी ताकेता गरेको थियो । कोषले किस्ता बुझाउँन नसक्नुको कारण सहित लिखित जबाफ मागेको थियो । निगमले पनि जहाज खरिद गर्दा बनाएको व्यवसायिक योजना अनुसार उडान सुचारु हुन नसकेको जवाफ पठाएको थियो । गत असार मसान्तसम्म कोषले निगमले भुक्तानी गर्नुपर्ने १ अर्ब रुपैयाँ ब्याजलाई पूँजीकरण गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *