धितोपत्र वोर्डको अध्यक्षमा विज्ञलाई नियुक्त गर्न लगानीकर्ता संघको सुझाव

काठमाडौं, ७ कात्तिक । नेपाल धितोपत्र वोर्डको अध्यक्षमा पुँजी बजार सम्बन्धी विज्ञता हाँसिल गरेको व्यक्तिलाई नियुक्त गर्न दुई लगानीकर्ताहरुले माग गरेका छन् । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको र लगानीकर्ताहरुको अवौं रकम गुमाइरहेकाले सरकारी निकायको ध्यानाकर्षण गर्दै वोर्डको अध्यक्षमा अनुभवी, योग्य र प्राविधिक ज्ञान भएकालाई नियुक्त गर्नु पर्ने माग गरेका हुन् ।

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र सेयर लागनीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले हस्ताक्षर गरि बुधबार उक्त माग सहितको संयुक्त रुपमा प्रेस विज्ञप्ति जारि गरेका छन् ।
त्यस्तै राजनीतिक स्थिरताले लागनीकर्तामा हौसला बढेको भएपनि अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजारमा आएको गिरावटतर्फ जिम्मेवार निकायहरु बेखबर र गैरजिम्मवार हुँदा लगानीकर्ताहरुलाई मर्माहित र स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ । त्यसलाई सन्तुलन गर्नको लागि वोर्डमा पुँजिबजारको विज्ञयता हाँसिल गरेको अध्यक्षको आवश्यकता रहेकोले अर्थमन्त्री डा. युवराज खतिवडालाई लगानीकर्ता संघहरुले ध्यनाकर्षन पनि गराएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *