सामाजिक सुरक्षा कोषमा आवद्ध हुन एक महिना समय थप

काठमाडौं, ७ कात्तिक । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि एक महिनाको समय थप गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी श्रमिक र रोजगारदाताहरुलाई कोषमा आवद्ध हुन कात्तिक १३ देखि मंसिर १३ गते सम्मको समय थप गरिएको जानकारी दिइएको हो ।

गत असोज मसान्तसम्म सबै रोजगारदाता र श्रमिकलाई कोषमा आवद्ध हुने समयावधि तोकेको थियो । तर सो अवधिमा श्रमिक र रोजगारदाताहरको उलेख्य सहभागिता देखिएन । हालसम्म कोषमा ८ हजार ८ सय १८ रोजगारदाता र एक लाख ९ सय ६८ श्रमिहरु आवद्ध भएका छन् ।

कोषको औपचारिक सुरुवात साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *