Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजारमा उत्साह, हिजोको तुलनामा कारोबार रकम पनि दुई गुणाले बढी

सेयर बजारमा उत्साह, हिजोको तुलनामा कारोबार रकम पनि दुई गुणाले बढी

काठमाडौं, ७ कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) बजारमा सेयर लगानीकर्ताहरुमा उत्साह देखिएको छ । केही दिन अघि लगातार ओरालो लागेको सेयर बजारमा आज कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि सुधार देखिएको छ । हिजो १६ कारोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज दूई गुणाले कारोबार रकममा वृद्धि भएको छ ।

आज ३२ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेप्से परिसूचक ६.७३ अंकले वृद्धि भई ११४९.३४ विन्दुमा पुगेको छ। आज एक सय ५५ कम्पनीको १२ लाख ४ लाख १५ कित्ता सेयर खरिद–विक्री भएको छ ।

सबैभन्दा बढी सेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ । उक्त बैंकको ७ करोड ११ लाखभन्दा बढीको सेयर कारोबार भएको हो । नेप्सेमा सूचिकृत ११ समूहमध्ये एक समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी १० समूहको उपसूचक वृद्धि भएको छ । उपसूचक गिरावट आउनेमा निर्जीवन बीमा समूह रहेको छ । उक्त समूहको उपसूचक ८.१४ अंकले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x