ओरियण्टल होटल्स्ले ५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं, ७ कात्तिक । ओरियण्टल होटल्स् लिमिटेडले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजको लागि समेत गरी १०.७९ प्रतिशत नगत लाभांश वितरण गर्ने भएको छ । होटल्स्को ललितपुरमा बिहीबार सम्पन्न २२ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

त्यस्तै सभाले संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र साधारण सेयरधनीको हिस्सा ३० प्रतिशत कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *