Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रिय वाणिज्य बैंक र सक्षमबीच भूकम्प पीडितलाई सहयोग गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र सक्षमबीच भूकम्प पीडितलाई सहयोग गर्ने सम्झौता

काठमाडौं, ८ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम एक्सिस टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्प पीडितहरुलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापछि २०७२ सालको भूकम्पले क्षति पुर्याएका धादिङका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगारपालिकाका नगरहरुलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भूकम्प पीडित घर कर्जा लगानी गर्ने जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी बैंकले भूकम्प पीडितहरुलाई सहुलियत रुपमा कर्जा लगानी गर्ने बताए । त्यस्तै सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर दाहालकले यो सम्झौताले भूकम्प पछिको पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्नेमा आशावादी भएको बताए ।

त्यस्तै प्रदेश नम्बर २, ५, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षा कोषको भुक्तानी गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x