Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाल संघबीच सहकार्यमा नेपालमा लगानी बढाउने

नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाल संघबीच सहकार्यमा नेपालमा लगानी बढाउने

काठमाडौं, ८ कात्तिक । नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघबीच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरि निर्यात व्यापार अभिवृद्धि गर्न सहकार्य गर्ने सहमति भएको छ। सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वाचीत अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा परिसंघका अध्यक्ष मोरले नेपालीहरुको लगानी प्रवद्र्धन गर्ने, औद्योगिक विकासमा सिप तथा प्रविधि हस्तान्तरण गर्ने र विदेशमा नेपाली वस्तु तथा सेवाको निर्यातका लागि सहकार्यको आवश्यकता रहेकोले मिलेर काम गर्नुपर्ने बताए । लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, बैंकिङ्ख आधुनिक कृषि तथा सञ्चार प्रविधि लगायतका क्षेत्रमा गैरआवासीय नेपालीहरुको लगानी रहेको भन्दै थप लगानी तथा साझेदारी बढाउन अध्यक्ष मोरले आग्रह गरे ।

त्यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको उत्पादनमुलक क्षेत्रमा गैर अवासीयहरुको तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन संघले परिसंघसंग सघन सहकार्य गर्न अग्रसरता लिएको बताए । उत्पादन तथा ब्राण्ड र पर्यटन प्रर्वद्धनमा आपसी सहकार्य फलदायी हुने विश्वास उनले व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x