Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रेमिट्यान्स कम्पनीको डबल भुक्तानी देखि हेलिकोप्टर भ्रमणसम्म अफर

रेमिट्यान्स कम्पनीको डबल भुक्तानी देखि हेलिकोप्टर भ्रमणसम्म अफर

काठमाडौ ८ कार्तिक । दशैतिहारसँगै रेमिट्यान्स कम्पनीहरुले विभिन्न आकर्षण योजनाहरु सञ्चालनमा ल्याएका छन् । चार्ड पर्वका समयमा विदेशमा बस्ने नेपालीले नेपालमा रहने आफनो परिवारलाई रकम पठाउँने हुँदा रेमिट्यान्स कम्पनीहरुले विभिन्न खालका अफर सुरु गरेका हुन् ।
यो बर्षको दशै, तिहार र छठ पर्वको अवसरमा पनि रेमिट्यान्स कम्पनीले डबल भुक्तानी देखि हेलिकप्टर भ्रमण गर्नेसम्मको योजना सञ्चालन गरेका छन् । रेमिट्यान्सबाट रकम पठाएको आधारमा गोलप्रथाद्धारा विजयीलाई कम्पनीले यस्तोे खालको उपहार दिने गरेका छन् ।

नेपालमा दुई दर्जन भन्दा बढी रेमिट्यान्स कम्पनी सञ्चालित छन् । जसमध्ये प्रभु मनि ट्रान्सफर, आइएमई, सिटी एक्सप्रेस मनि ट्रान्सफर, वेस्टन युनियन मनि ट्रान्सफरलगायतका रेमिटयान्स कम्पनीहरूले उपहार योजना सार्वजनिक गरेका छन् । दशैंतिहारमा विदेशबाट रकम पठाउने मध्ये लक्की ड्रमा विजयी हुने ग्राहकले त्यस्तो उपहार प्राप्त गर्ने छन् ।

सिटी एक्सप्रेसको लखपति एक्सप्रेस योजना
दशै तिहारलाई लक्षित गरी सिटी एक्सपे्रसले ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सीधै लखपति’ योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले कात्तिक ३० सम्मका लागि उक्त योजना सञ्चालनमा ल्याएको हो । उक्त योजनामा सिटी एक्सप्रेसबाट रेमिटयान्सको कारोबार गर्ने ग्राहकलाई हरेक महिना लक्की ड्रमार्फत् एक जनालाई १ लाख रुपैयाँ दिईने छ । यस्तै, कम्पनीका ग्राहकले दशैं योजनामा दैनिक १० जनाले २०० रुपैयाँ रिचार्ज, हरेक साता १ जनाले १० हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ । उपहार योजनाको अन्त्यमा बम्पर उपहार १० लाख दिइने भएको छ ।

प्रभुले ल्यायो ‘चाडपर्वको उमंग, रमाऔं प्रभुसँग’ योजना

प्रभु मनि ट्रान्सफरले दसंै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी ‘चाडपर्वको उमंग, रमाऔं प्रभुसँग’ भन्ने नयाँ योजना ल्याएको छ । प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक व्यक्ति यस योजनामा सामेल हुन सक्नेछन् । यस योजना अनुसार एक जोडी भाग्यशाली बिजेता हुनेछन् । जसले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउनेछन् । साथै, अन्यले विभिन्न उपहारहरूमा टिसर्ट, क्याप र प्रभु टिभी सेटटप बक्स पाउने छन् ।

वेस्टर्न युनियनको डबल पैसा योजना
वेस्टर्न युनियन मनि ट्रान्सफरले डबल पैसा योजना सञ्चालनमा ल्याएको छ । यस योजना अनुसार कम्पनीबाट रकम पठाउँने ग्राहकहरुलाई दशैंमा डबल पैसासम्म भुक्तानी गरिनेछ । योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई कात्तिक ३१ गतेसम्म रेमिटयान्सको कारोबार गर्दा कारोबार रकमको दोब्बर पाउने छन् । पैसा डबल योजनामा रकमको सीमालाई भने ५० हजार रुपैयाँ गरिएको छ ।
उक्त मनि ट्रान्सफरमार्फत् २५ हजार रुपैयाँसम्म आएको रकमलाई कम्पनीले २५ हजार थप गरी ५० हजार रुपैयाँ दिनेछ । साथै २५ हजार रुपैयाँभन्दा माथिको रकममा भने डबल योजना नभइ निश्चित रकम थप गरी ग्राकलाई दिइने कम्पनीले जनाएको छ । उपहार योजनाको अन्त्यमा बम्पर उपहारमा लक्की ड्रमार्फत् १ जनालाई १० लाख रुपैयाँ दिइने बताइएको छ ।

आईएमईले ल्यायो ‘यो दशैमा खुसीलाई डबलको डबल गरौं’ योजना
आइएमईले दसैं तथा दीपावली लक्षित सेवाग्राहीमुखी योजना ‘यो दशैमा खुसीलाई डबलको डबलको डबल गरौं’ योजना ल्याएको छ । कात्तिक ३० सम्मका लागि उक्त योजना सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
सो अवधिसम्म रेमिटयान्सको कारोबार गर्ने ग्राहकलाई हरेक दिन आइएमई पेमार्फत् पैसा पठाउने सेवाग्राहीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना सेवाग्राहीलाई पठाएको रकमको डबल दुई गुणा, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल चौगुणा तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल आठगुणासम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने भएको छ । अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x