Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नारिता उडानको तयारीमा निगम

नारिता उडानको तयारीमा निगम

काठमाडौं ८ कार्तिक । ओशाका उडानबाट घाटा व्यहोर्दै आएको नेपाल वायुसेवा निगमले आगामी पुस देखि जापानको नारितामा उडान गर्ने भएको छ । निगमले आगामी जनवरीबाट जापानको राजधानी टोकियोमा रहेको नारिता विमानस्थलमा उडान गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ ।

निगमले जापानको सिभिल एभिएसनलाई सम्पर्ण कागजपत्र बुझाई सकेको छ । तयारी अन्तिम चरणमा पुगेको निगमले जानकारी दिएको छ । जापानको ओशाका भन्दा पनि नारितमा माग बढी भएकोले नारिता उडानमा जोड दिईएको निगमको भनाई छ ।

यस अघि निगमले वाइडबडी जहाज मार्फत नारितामा चार्टर फलाइट गरिसकेको छ । नारितामा साताको ३ दिन उडान गर्ने अनुमति माग्ने प्रक्रिया अगाडी बढाइएको छ । नारितामा उडान सुरु भएपछि ओसाका उडान बन्द गर्ने निगमको तयारी रहेको निगमले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x