Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

कुल विदेशी लगानी एक खर्ब ८३ अर्ब

कुल विदेशी लगानी एक खर्ब ८३ अर्ब

काठमाडौं, १३ कार्तिक । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको कुल आकार एक खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । नेपालमा २००८–९ सालदेखि विदेशी लगानी आउन शुरु भएको देखिन्छ । नेपालको पहिलो विदेशी लगानी भारतबाट भित्रेको थियो । नेपालमा विदेशी लगानी भित्रन शुरु भएको ६७ वर्षको अवधिमा भित्रको यो रकम नेपालको कुल गार्हस्थ उत्पादनको तुलनामा न्यून हो ।

गत आर्थिक वर्ष २०७५–७६ सम्म नेपालको कुल गार्हस्थ उत्पादन ३४ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ । उक्त अवधिसम्म भित्रको एक खर्ब ८१ अर्ब ७८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ दशमलव २५ प्रतिशत हुन्छ । यो आकार चुक्तापुँजी, सञ्चिति (रिजर्भ्स) र ऋण समेतको हो ।

लामो इतिहास भएपनि खासगरी नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढ्न थालेको उदार अर्थव्यवस्था अँगालेसँगै हो । नेपालले २०४९ सालमा पहिलोपटक लगानी सम्मेलन आयोजना गरेर विदेशी लगानीलाई आमन्त्रण तथा स्वागत गर्न थालेको हो । पछिल्ला वर्षहरुमा भने विदेशी लगानीको प्रतिवद्धता ठूलो तर यथार्थ लगानी भने कम देखिने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x