Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नाथमले ट्रेकिङ्ग गाइडसहित ५ प्रकारका तालिम दिने

नाथमले ट्रेकिङ्ग गाइडसहित ५ प्रकारका तालिम दिने

काठमाडौं, १५ कात्तिक । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले आगामी मंसिरबाट ट्रेकिङ्ग गाइडसहित ५ प्रकारका तालिम दिने भएको छ । नाथमले टे«किङ्ग गाइड, ट्रेकिङ्ग पोटर गाइड, बेसिक फुड प्रिप्रेसन (कुक्की÷वेकरी), फुड एण्ड वेभेरेज सर्भिस (वेटर÷वेइट्रिज) र बरिस्ता (कफि मेकिङ्ग) सम्बन्धी तालिम दिने भएको हो ।

तालिमका लागि नाथमले आजदेखि फर्म खुल्ला गरेको छ । इच्छुक व्यक्तिले आगामी मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन् । तर, ट्रेकिङ्ग पोटर गाइड, बेसिक फुड प्रिप्रेसन (कुक्की÷वेकरी), फुड एण्ड वेभेरेज सर्भिस (वेटर÷वेइट्रिज) र बरिस्ता (कफि मेकिङ्ग) सम्बन्धी तालिम लिन इच्छुक व्यक्तिले भने मंसिर २ गतेसम्ममा आवेदन दिई सक्नुपर्नेछ । आवेदन शुल्क ५ सय रुपैयाँ तोकिएको छ । तालिम शूल्क तालिम अनुसार फरक–फरक रहेको छ ।

तालिम, योग्यता र शूल्क
ट्रेकिङ्ग गाइडका लागि न्यूनतम योग्यता १२ कक्षा उत्तीर्ण वा एसईई उत्तीर्ण गरि २ वर्ष रजिष्ट्रर्ड ट्रेकिङ्ग एजेन्सीमा काम गरेको अनुभव हुनुपर्नेछ । तालिम शूल्क ७ हजार रुपैयाँ तोकिएको छ । प्रयोगात्मक कक्षा यसै शूल्कमा समावेश गरिएको नाथमले जनाएको छ । तालिम अवधि ५ हप्ता हुनेछ ।

ट्रेकिङ्ग पोटर तालिम लिनका लागि एसईई परिक्षामा सहभागी भएको हुनुपर्नेछ । त्यस्तै, कुनै पनि एक अन्तराष्ट्रिय भाषा बुझन सक्ने हुनुपर्नेछ । साथै कुनै ट्रेकिङ्ग क्षेत्रमा पोटरको रुपमा २ वर्ष काम गरेको हुनुपर्नेछ । तालिम शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । तालिम अवधि १५ दिनको हुनेछ ।

त्यस्तै बेसिक फुड प्रिपेसन, फुड एण्ड वेभेरेज सर्भिस (वेटर÷वेइट्रिज) र बरिस्ता (कफि मेकिङ्ग)का लागि न्यूनतम योग्यता एसईई उत्तीर्ण वा सो सरह हुनुपर्नेछ । तालिमका लागि क्रमशः २५ हजार रुपैयाँ, १२ हजार रुपैयाँ र २० हजार रुपैयाँ तालिम शुल्क तोकिएको छ । बेसिक फुड प्रिपेसन र फुड एण्ड वेभेरेज सर्भिस तालिमको समयावधि ३ महिना हुनेछ । बरिस्ताका लागि समयावधि १ महिना रहेकोछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x