Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाली पासपोर्टधारीलाई ३८ मुलुकमा मात्रै ‘अनअराइभल’ भिसा

नेपाली पासपोर्टधारीलाई ३८ मुलुकमा मात्रै ‘अनअराइभल’ भिसा

काठमाडौ १५ कार्तिक । विश्वका ३८ मुलुकले मात्रै नेपाली पासपोर्टधारीलाई ‘अनअराइभल’ दिने भएका छन् । हेन्ली एण्ड पार्टनरले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स २०१९’ अनुसार गत बर्षको तुलनामा नेपाललाई अनअराभईल भिसा दिने मुलुकको संख्या घटेको छ । गत बर्षसम्म ४० वटा मुलुकले नेपाललाई अनअराइभल भिसा दिने गरेका थिए ।

पासपोर्ट सुचक अनुसार नेपालको पासपोर्ट १०१ औ स्थानमा छ । १९९ औ मुलुकमध्ये नेपाल १०१ औ स्थानमा परेको हो । गत बर्ष पनि नेपालको पासपोर्ट सोही स्थानमा थियो । तर, अनअराईभल भिसा दिने मुलुकको संख्या भने घटेको हो । सुचीअनुसार नेपाललाई एशियाका ११, अफ्रिकाका १७, ओसिनियाका ६, क्यारेबियन ३ र दक्षिण अमेरिकाका एउटा मुलुकले अनअराइभल भिसा दिनेछ । जसमध्ये बंगलादेश, कम्बोडिया, भारत, इण्डोनेशिया, लाओस, माल्दिभ्स, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, श्रीलंका, टिमोर, गाम्बिया, गुयना, केन्या, मादागास्कर, मौरिटिनिया, मोजाम्बिक, रुवान्डा, सेनेगल, सिचिली, सोमालिया, टोगो, युगाण्डा, कोमोरस आईल्याण्ड, इजिप्ट र केप भर्डे आईल्याण्डले पनि नेपाललाई अनअराइभल भिसा दिने गरेका छन् ।

साथै ओसिनियाका कुक आइल्यान्ड्स, माइक्रोनेसिया, निउ, पलाउ आइल्यान्ड्स, सामोआ र तुभालुले पनि नेपाललाई ‘अनअराइभल’ भिसा दिने गरेको हेन्ली एन्ड पार्टनरको प्रतिवेदनमा उल्लेख छ । क्यारेबियनका डोमिनिका, हाइटी र सेन्ट भिन्सेन्ट तथा दक्षिण अमेरिकाको बोलिभियाले नेपाली पासपोर्टधारीलाई अनअराइभल भिसा दिने गरेका छन् । सूचीमा नेपालपछि क्रमशः लिबिया, प्यालेस्टाइन, सुडान, यमन, पाकिस्तान, सोमालिया, सिरिया, इराक र अफगानिस्तान रहेका छन् । दक्षिण एसियाली राष्ट्रमा माल्दिभ्स ६१, भारत ८२, भुटान ८९, श्रीलंका ९६, बंगलादेश ९९, नेपाल १०१, पाकिस्तान १०४ र अफगानिस्तान १०७ औं स्थानमा छन् ।

सूचीको पहिलो स्थानमा जापान र सिंगापुरको पासपोर्ट परेको छ । सो मुलुकका पासपोर्टधारीलाई विश्वका १९० देशले ‘अनअराइभल’ भिसा दिने हेन्ली एन्ड पार्टनरले जनाएको छ । दोस्रोमा फिनल्यान्ड, जर्मनी र दक्षिण कोरिया रहेका छन् । सो मुलुकका पासपोर्टधारीलाई विश्वका १८८ देशले अनअराइभल भिसा दिने गर्छन् । डेनमार्क, इटाली र लक्जेम्वर्ग सूचीको तेस्रो नम्बरमा रहेका छन्। विश्वका १८७ देशले ती देशका पासपोर्टलाई अनअराइभल भिसा दिने गरेको प्रतिवेदनमा उल्लेख छ । चौथो नम्बरमा फ्रान्स, स्पेन र स्वीडेन परेका छन् भने पाँचौं नम्बरमा अस्ट्रिया, नेदरल्यान्ड्स र पोर्चुगल रहेका छन् । त्यस्तै, छैटौं नम्बरमा बेल्जियम, क्यानडा, ग्रीस, आयरल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड, बेलायत र अमेरिका छन् । सातौ नम्बरमा रहेका छन् चेक रिपब्लिक र माल्टा। आठौं नम्बरमा न्युजिल्यान्ड रहेको छ भने नवौं नम्बरमा अस्ट्रेलिया, लिथवानिया र स्लोभाकिया छन्। दसौं नम्बरमा हंगेरी, आइसल्यान्ड, लाटिभिया र स्लोभेनिया छन् । सूचीको अन्तिममा अफगानिस्तान रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x