Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन क्यापिटल सञ्चालनमा

हिमालयन क्यापिटल सञ्चालनमा

काठमाडौं, १५ कात्तिक । हिमालयन बैंक लिमिटेडले सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेड सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले कम्पनीको औपचारिक शुभारम्भ गरे ।

पुँजी बजारमा लगानीकर्ताहरुको संख्या बढ्दो क्रममा रहेकाले सहज मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले कम्पनी सञ्चालनमा ल्याइएको क्यापिटलका अध्यक्ष सुशिल जोशीले जानकारी दिए । कम्पनीले शेयर रजिष्टार, धितोपत्र निष्काशन, धितोपत्र प्रत्याभुती, लगानी व्यवस्थापन तथा संस्थागत परामर्शको कार्य गर्ने छ ।

हिमालयन बैंकले २७ वर्ष देखि विश्वासिलो ग्राहकमैत्री सेवा दिदै आएकाले सहायक कम्पनीबाट पनि विशिष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता उनले जनाए ।

त्यस्तै कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । कम्पनीको केन्द्रिय कार्यालय ठमेल स्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x