माथिल्लो त्रिशुली–१ का लागि ४५ करोड डलरको ऋण सम्झौता
काठमाडौं, १६ कार्तिक । विश्व बैक समुहको एक सदस्य, आइएफसी र अन्य लगानीकर्ताहरुले माथिल्लो त्रिशुली–१ जलबिद्युत परियोजना निर्माणलाई सघाउन ४५३ मिलियन अमेरिकी डलरको ऋण लगानी प्याकेजलाई आज अन्तिम रुप दिएका छन् । यो परियोजनाले नेपालको विद्युत आपूर्तिको हाल रहेको क्षमतालाई एक तिहाईले बृद्धि गर्नेछ र आइएफसिको बजारहरु श्रृजना गर्ने र देशमा गरीबी बिरुद्द लड्ने बृहत प्रयासको अंशको रुपमा करीव ९० लाख मानिसहरुलाई स्वच्छ र भरपर्दो उर्जा आपूर्ति गर्नेछ ।
आइएफसि लगायत आठ वटा अन्य ऋणदाताहरु संलग्न यो ऋण प्याकेजको मुख्य व्यवस्थापक हो र यो नेपालको इतिहासमा एउटा सबैभन्दा ठूलो प्रत्यक्ष बैदेशिक लगानी हो । यो लगानी निजी स्वामित्व रहेको नेपाल जल तथा उर्जा बिकास कम्पनीलाई प्रदान गरिदैछ । यो कम्पनीले काठमाडौ भन्दा ७० किलोमिटर उत्तरमा त्रिशुली नदीमा २१६ मेगावाटको नदी प्रवाहमा आधारित जलबिद्युत परियोजना निर्माण गरी संचालन गर्नेछ । औपचारिक रुपमा माथिल्लो त्रिशुली १ को रुपमा चिनिने यो परियोजनाको बित्तीय संरचना, प्रतिस्पर्धी बिद्युत महशुल दर र अन्तराष्टिय स्तरमा स्विकार गरिएका संझौताका मापदण्डहरु प्रयोग गरिएकाले यसले नेपालमा भबिष्यका जलबिद्युत परियोजनाहरुका लागि पनि एउटा मापदण्ड निर्धारण गर्ने अपेक्षा गरिएको छ । ‘यो नेपालको गेम चेन्जर परियोजना हो,’ नेपालका उर्जा मन्त्री बर्षमान पुनले भने । ‘यसले सयौ हजार घरहरु तथा व्यापारिक प्रतिष्ठानलाई बिद्युत मात्र प्रदान गर्ने छैन, निजी कम्पनीहरुले कसरी नेपाललाई जलबिद्युतको क्षेत्र बिस्तार गर्न र धेरै आवश्यक रहेको प्रत्यक्ष बैदेशिक लगानी आकर्षित गर्न सहयोग पुर्याउन सक्छन भन्ने उदाहरणको रुपमा समेत काम गर्नेछ ।’
हिमालय पहाडबाट सिचिंत नेपालका नदीहरुले ४३ गिगावाट बिद्युत उत्पादन क्षमतालाई सहयोग गर्न सक्दछन् । तर उक्त क्षमताको तीन प्रतिशत भन्दा कम मात्र बिद्युत उत्पादन गरिएको छ । देशले बिद्युत आपूर्तिको अभावको कारण अन्धकारको सामना गर्ने तथा निश्चित क्षेत्रमा बिद्युत आपूर्ति नहुने समस्या पनि भोगेको छ । यसले व्यापार व्यवसायलाई असर पार्नुको साथै स्थानीय बासिन्दाको जीवनलाई समेत कठीन बनाउदै आएको छ ।
‘नेपालसँग उर्जाको पावर हाउस हुन सक्ने संभावना छ भन्ने कुरामा कुनै प्रश्न छैन,’ नेपाल जल तथा उर्जा बिकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत बो सक यी ले भने । ‘उक्त संभावनालाई मुर्त रुप दिन नेपालले ठूला परियोजनाहरुलाई संभव बनाउन सक्ने पुँजी र बिशेषज्ञता भएका निजी कम्पनीको सहयोग प्राप्त गर्न सक्दछन् ।’
यो नया बिद्युतगृह सन् २०२४ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । लाखौ मानिसलाई सफा र भरपर्दो उर्जा प्रदान गर्नुका साथै यसले नया बातावरणीय र सामाजिक प्रभावको मापदण्ड निर्धारण गर्दै स्थानीय समुदायहरुलाई थप फाइदा पुर्याउनेछ । यस बाहेक त्रिशुली बेसिनमा हाल संचालनमा रहेका र योजनामा रहेका जलबिद्युत परियोजनाहरुको समग्र प्रभाव मूल्यांकन सम्पन्न गरिएको छ । यसले जलाधारकोे दीगो बिकासको लागि मार्गदर्शन गर्न सहयोग गर्नेछ ।
‘नेपालको जलबिद्युत संभाव्यताको बिकासमा यो परियोजनाले महत्वपूर्ण कोसेढुंगाको प्रतिनिधित्व गर्दछ किनकि यसले निजी क्षेत्रको अर्थपूर्ण लगानी, बिशेषगरि बिदेशी लगानीकर्ताबाट, आकर्षित गर्न सकेको छ,’ आइएफसिका दक्षिण एशिया निर्देशक मेन्गिस्तु आलेमायुले भने । ‘यसले सरकार, प्रायोजकहरु र अन्य सरोकारवालाहरुको भूकम्प लगायत सबै अप्ठ्याराहरु बिरुद्ध धेरै बर्षसम्म लड्न सक्ने अद्वितीय उत्थानशीलता र दृढताको प्रतिनिधित्व पनि गर्दछ । हामी यो परियोजना बढ्दो घरेलु माग पुरा गर्न र छिमेकी मुलुकहरुमा निर्यात गर्न नेपालको जलबिद्युतको बिकासका लागि बिस्तारित लगानीको लागि एउटा नमुना हुने अपेक्षा राख्दछौ ।’
नेपाल सरकारको सहकार्यमा आइएफसि, कोरियाली लगानीकर्ताहरुको सहबित्तीयकरण र नेपाली साझेदारहरुले माथिल्लो त्रिशुली १ परियोजना बिकास गर्न सात बर्ष भन्दा बढी समय बिताएका छन् । यो न्युन आय भएका देशहरुमा धेरै बर्ष लगाएर उपल्लो तटीय परियोजना तयारी कार्य मार्फत बजार श्रृजना गर्ने आइएफसिको क्षमताको एउटा उत्कृष्ट उदाहरण हो ।
नेपाल जल तथा उर्जा बिकास कम्पनी का मुख्य स्वामित्वकर्ताहरुमा कोरिया साउथ इस्ट पावर, डाएलिम इन्डस्टियल, क्येरयोड. कन्स्टक्सन इन्डस्टियल, र आइएफसि रहेका छन् । आयोजना बिकास संझौतामा उल्लेख गरिए बमोजिम स्थानीय रसुवावासी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि १० प्रतिशत सम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आइएफसिले आफ्नै खातामा रहेको ९५ मिलियन अमेरिकी डलर इक्विटी र ऋण सहित १९० मिलियन अमेरिकी डलर र अन्य लगानी श्रोतको कार्यान्वययन गर्ने निकायको रुपमा ९५ मिलियन अमेरिकी डलर प्रदान गर्नेछ । बिश्व बैक समुहको अर्को सदस्य बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सीले प्रायोजकहरुको राजनीतिक जोखिम बहन गर्ने ग्यारेन्टीको लागि १४५ मिलियन अमेरिकी डलर प्रदान गर्नेछ । अन्य लगानीकर्तामा कोरियाली आयात निर्यात बैंक, एशियाली बिकास बैंक, एशियाली पूर्वाधार तथा लगानी बैंक, कोरियाली बिकास बैंक, बेलायती बित्तीय संस्थान, डच उद्यमशील बिकास बैंक, अन्तराष्टिय बिकासका लागि ओपेक फण्ड र प्रोपार्को रहेका छन् ।
यो परियोजनाको बिशिष्ट बिकास प्रभाव, अग्रग्रामी बिशेषताहरु र निजी लगानीकर्ताहरुलाई प्रदर्शन गर्ने कारण यो परियोजनाले इन्टरनेशनल डेभलपमेन्ट एशोसियसनको न्युन आय भएका देशहरुमा उच्च प्रभावयुक्त निजी क्षेत्रको लगानीलाई सहयोग गर्ने सहुलियतपूर्ण कोषको बिश्व्यापी सुबिधाको रुपमा रहेको जलवायु कार्यक्रमका लागि फिनल्याण्ड—आएफसि ब्लेन्डेड फाइनान्स र जलवायु लगानी कोषकोे सहयोग पनि समेट्दछ ।