Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तीन दर्जन लघुवित्त संस्था मर्जरको तयारीमा

तीन दर्जन लघुवित्त संस्था मर्जरको तयारीमा

काठमाडौ १५ कार्तिक । करिब तीन दर्जन लघुबित्तिय संस्था मर्जरको तयारीमा छन् । राष्ट्र बैकले फोर्स मर्जरको नीति अगाडी सार्ने भएपछि लघुवित्त संस्थाहरुले मर्जरको प्रक्रिया अगाडी बढाएका हुन् ।

केन्द्रिय बैकको तथ्यांक अनुसार ३२ वटा लघुवित्त संस्थाले मर्जरमा जाने तयारी गरेका छन् । जीवन विकास लघुवित्त र सल्भ लुघवित्त वित्तिय संस्थाले मर्जरको प्रक्रिया अगाडी बढाएका छन् । त्यस्तै, उन्नति माईक्रो फाईनान्स र सहकार्य लघुवित्त वित्तिय संस्था, विजय लघुवित्त र स्वेडा लघुवित्त वित्तिय संस्थाले पनि प्रक्रिया अगाडी बढाएका छन् । साथै ओमी लघुवित्त र नागरिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, नेपाल एग्रो लघुवित्त, मनकामना लघुवित्त र स्मार्ट लघुवित्तिय संस्थाले पनि मर्जरको तयारी गरेका छन् । एनआरएन लघुवित्त र रामारोशन लघुवित्त, साधना लघुवित्त र आर्थिक लघुवित्त यस अघि मर्जरमा गै सकेका छन् ।

नेपाल राष्ट्र बैकले २०५६ साल देखि लाईसेन्स दिन थालेको हो । नेपालको ग्रामिण भेगमा बैकिगं सेवा नपुगे पछि केन्द्रिय बैकले लघुवित्त संस्थालाई प्रोत्साहीत गरेको हो । तर, जथाभावी रुपमा लघुवित्त संस्था खोली सेवाग्राही ठगीन थाले पछि केन्द्रिय बैकले मर्जरको नीति अगाडी सारेको हो । हालसम्म केन्द्रिय बैकबाट ९८ वटा लघुवित्त सस्थाले लाईसेन्स लिएका छन् । तर, मर्जर पछि लघुवित्तको संख्या ९१ वटा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x