Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चालु वर्षको तीन महिनामा बस्तु आयात १० प्रतिशतले घट्यो

चालु वर्षको तीन महिनामा बस्तु आयात १० प्रतिशतले घट्यो

काठमाडौं, १५ कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिनामा आयात १० प्रतिशतले घटेको छ ।

निर्यात १४ प्रतिशतले बढेको छ। आयातमा कमि र निर्यातमा बृद्धि भएकाले मुलुकको व्यापार घाटामा पनि कमि आएको छ । गत वर्षको सोही अवधिमा आयात ४३ प्रतिशतले बढेको थियो ।

विभागको तथ्यांक अनुसार तीन महिनामा ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ३ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै निर्यात २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँको भएको छ । गत वर्षको तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

सबैभन्दा बढी खपत हुने डिजेलको आयात तीन महिनामा ५ अर्ब कम भएको छ। त्यस्तै फलाम तथा स्टिलको आयात पनि घटेको छ। तथ्यांक अनुसार गत वर्षको तुलनामा फलाम तथा स्टिलको आयात १३ अर्बले घटेको छ। त्यस्तै, सवारी साधन र खाद्यन्नको आयात पनि क्रमश ः २ अर्ब र १ अर्ब रुपैयाँले घटेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x