सन्राइज बैंकले १५.८ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, १५ कात्तिक । सन्राइज बैंकले १५.८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले शेयरधनीलाई ५.८ प्रतिशत नगद लाभांश र १० प्रतिशतका दरले बोनस शेयर दिन लागेको हो । सो प्रस्ताव शुक्रबार सम्पन्न बैंकको बाह्रौ वार्षिक साधारण सभाबाट पारित भएको छ ।
बोनस सेयर पछि बैंकको चुक्ता पुँजी आठ अर्व १५ करोड २५ लाख रुपैयाँबाट बढेर ८ अर्व ९६ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै साधारण सभाले कुनै बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने, गाभिने वा उपयुक्त बैदेशीक रणनीतिक साझेदारमा जानका लागि आवश्यक निर्णय गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिएको छ ।
सन्राइज बैंकले गत आर्थिक वर्षमा २ अर्व ५५ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा १ अर्व ७१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्ता पुँजी ८ अर्व १५ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्व ११ करोड ७६ लाख रुपैयाँ रहेको जानकारी दिइएको छ।
हाल बैंकको मुलुकभर १ सय २२ वटा शाखा कार्यालय, १ सय ४१ एटिएम सञ्चालनमा छन् ।