चीनमा फाइभ जी सेवा मोबाइल फोन उपभोक्ताले पनि प्रयोग गर्न थाले
काठमाडौं, १६ कात्तिक । चीनमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूले सर्वसाधारण उपभोक्तालाई फाइभ जी सेवा उपलब्ध गराउन थालेका छन्। सरकारबाट सञ्चालित चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीवारदेखि फाइभ जी डेटा योजना सुरु गरेका हुन् ।
फाइभ जी मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता हो । यसबाट सामग्री छिटै डाउनलोड र अपलोड हुन्छ। यसको कभरेज बृहत्तर हुन्छ तथा कनेक्शन अझ बढी स्थिर हुन्छ।
चिनियाँ दूरसञ्चार कम्पनीहरू आगामी वर्ष फाइभ जी सेवा सुरु गर्ने योजनामा थिए। तर, त्यो योजना परिवर्तन भयो र फाइभ जी चाँडै सञ्चालन आएको जनाइएको छ । फाइभ जी सेवा बेइजिङ र शाङ्घाईसहित चीनका ५० वटा सहरमा उपलब्ध छ।