Date

शुक्र, साउन ११, २०८१
Fri, July 26, 2024

सामाजिक सुरक्षा कोषमा दर्ता हुन आनाकानी गर्दै बाणिज्य बैंक र बीमा कम्पनी

सामाजिक सुरक्षा कोषमा दर्ता हुन आनाकानी गर्दै बाणिज्य बैंक र बीमा कम्पनी

बलराम बुढाथोकी काठमाडौं, १७ कात्तिक । सरकारले सुरुवात गरेको सामाजिक सुरक्षा कोषमा ७ वटा बाणिज्य र २५ वटा बीमा कम्पनी दर्ता भएका छन् । नेपालमा हाल २८ वटा बाणिज्य बैक र ४० वटा बीमा कम्पनी सञ्चालित छन् । कोषमा १२ वटा निर्जीवन र १३ वटा जीवन बीमा कम्पनी दर्ता भएको कोषले जनाएको छ ।

कोषका अनुसार प्राईम कमर्सियल बैक, मेगा बैक, जनता बैक, नेपाल क्रेडिट एण्ड कमर्स बैक, नेपाल इन्भेष्टमेण्ट बैक, ग्लोबल आईएमई बैक र लक्ष्मी बैक दर्ता भएका छन् । अन्य बैकहरुले भने कोषमा सुचीकृत हुन आलटाल गरिरहेका छन् ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एभरेष्ट्र इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र अजोड इन्स्योरेन्स दर्ता भएका छन् । जीवन बीमा कम्पनीमध्ये भने आईएमई लाईफ इन्स्योरेन्स, प्राईम लाईफ इन्स्योेरेन्स, सन नेपाल लाईफ इन्स्योरेन्स, प्रभु लाईफ इन्स्योरेन्स, रिलायवल नेपाल लाईफ इन्स्योरेन्स, सानिमा लाईफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स, मेट लाईफ इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स, लाईफ इनस्योरेन्स कर्पोरेशन, युनियन लाईफ इन्स्योरेन्स र सिटिजन्स लाईफ इन्स्योरेन्स दर्ता भएका छन् ।

सरकारले गत मंसिर देखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको घोषणा गरेपनि गत साउन देखि औपचारिक सुरुवात भएको हो । कोषले गत असोजमसान्तसम्ममा सबै प्रतिष्ठानहरुलाई कोषमा सुचिकृत भै सक्न निर्देशन दिएको थियो । तर, हालसम्ममा करिब ९ हजार प्रतिष्ठान मात्रै कोषमा दर्ता भएका छन् । त्यस्तै करिब १ लाख १ हजार श्रमिक सुचीकृत भएका छन् । हालसम्ममा पनि कोषमा सुचीकृत नहुने प्रतिष्ठानलाई कोषले १ महिनाको समय थप गरेको छ । आगामी मंसिर १३ गतेसम्ममा सबै प्रतिष्ठानलाई सुचीकृत हुन कोषले आह्वान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x