Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्सेमा ६.८८ अंकको गिरावट

नेप्सेमा ६.८८ अंकको गिरावट

काठमाडौं, १७ कात्तिक । साताको पहिलो दिन आईतबार (आज) सेयर बजारमा ६.८८ अंकले गिरावट आएको छ । तिहारपछि गत बिहीबार खुलेको बजार ३.१७ अंकले घटेको थियो । आज नेप्से परिसूचक ११३९.२९ विन्दुमा रोकिएको छ ।

एक सय ६१ कम्पनीको ७ लाख ८४ हजार ७ सय ४० कित्ता सेयर १७ करोड ५५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंक लिमिटेडको भएको छ । उक्त बैंकको एक करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

त्यस्तै आज नेप्सेमा सूचिकृत ११ समूहमध्ये म्युचुवल फण्ड समूहको मात्र उपसूचकमा वृद्धि भएको छ भने बाँकी १० वटा समूहको उपसूचकमा गिरावट आएको छ । उक्त समूहको ०.०१ प्रतिशतले उपसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x