Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

राष्ट्र बैंक सञ्चालक समिति बैठक बस्दै, डेपुटी गभर्नर श्रेष्ठ माथि छानविनका लागि समिति गठन गरिने

राष्ट्र बैंक सञ्चालक समिति बैठक बस्दै, डेपुटी गभर्नर श्रेष्ठ माथि छानविनका लागि समिति गठन गरिने

काठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंक सञ्चालक समिति बैंठक केहीबेरमा बस्दै छ । बैठकले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि छानविनका लागि समिति गठन गर्ने जानकारी प्राप्त भएको छ ।

श्रेष्ठले वित्तीय स्थायित्वमा खलल पुर्याउने काम गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराव कर्जा लुकाउन सहयोग गरेको जस्ता आरोप लगाउदै स्पष्टिकरण सोध्न मन्त्रीपरिषद् बैठकले निर्देशन दिएको छ । सो पत्र सहितको आजको बैठकले उनी माथि छानविनका लागि समिति गठन गर्ने छ । समिति गठन भएसँगै उनी स्वत ः निलम्बनमा पर्ने छन् ।

बैठकमा उनी पनि सहभागि हुँदै छन् । राष्ट्र बैंकमा गभर्नर, अर्थसचिव , डेपुटी गभर्नर सहित ७ जना सञ्चालक समिति रहने प्रावधान छ ।

यस्तै आजको बैठकले केही बैंक तथा वित्तीय संस्था मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने विषयमा पनि छलफल हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x