कृषि व्यवसायीकरणमा एडिबीको ५ करोड डलर ऋण

काठमाडौं, २० कार्तिक । एसियाली विकास बैंक (एडीबी)ले कृषिको व्यावसायीकरण र खाद्य स्वच्छता सुधारका लागि लागि नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने भएको छ ।
‘नेपालको आर्थिक विकासमा कृषि क्षेत्रले ठूलो योगदान गर्ने सम्भावना रहँदारहँदै पनि निर्वाहमुखी कृषि प्रणाली अन्य देशसँग कृषि वस्तुको व्यापारमा ठूलो बाधाका रुपमा देखिएको छ,’ एडीबी नेपाल मिसनले भनेको छ, ‘यो सहयोगले नेपालको कृषि उत्पादन र प्रशोधनलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनेछ ।’
गत आवमा नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले २७ प्रतिशत योगदान दिएको छ । तर नेपालमा १५ वर्षमाथिका काम गर्ने उमेरसमूहका ५५ प्रतिशत जनसंख्या निर्वाहमुखी कृषिमा आधारित छन् भने त्यसमा पनि बहुसंख्यक महिला छन् । निर्वाहमुखी कृषि प्रणालीकै कारण नेपालको कृषि क्षेत्रको उत्पादकत्व दक्षिण एसियामै कमजोर छ । आधुनिक र उपयुक्त खेती प्रणाली, कृषि प्रविधि, मल, बीउबीजन लगायत कृषि सामग्रीको आपूर्तिमा समस्या, वित्तिय सेवा तथा पूर्वाधारको अभावले कृषि व्यावसायीकरणमा समस्या भएको छ ।
कृषिको व्यवसायिक विकासमा औपचारिक क्षेत्रबाट ऋण लिन प्रस्ताव तयार गर्ने किसानको क्षमतामा कमीलाई पनि मुख्य कारकका रुपमा औंल्याइएको छ । खाद्य सुरक्षा सम्बन्धि मापदण्ड पनि अन्तर्राष्ट्रिय मापदण्डसँग मिलान गरिएको छैन जसले गर्दा अन्य देशसँग कृषि वस्तुको निर्यातमा कठिनाई भैरहेको छ । सीमा नाकाका दुवैतर्फ धेरैपटक खाद्य सुरक्षासम्बन्धि परिक्षण गर्नुपर्दा निर्यातकर्ताहरुले ढिलाई र उच्च लागत व्यहोर्नुपरेको छ ।
एडीबी सहयोगले खाद्य सुरक्षा सुधार र गुणस्तरीय अनुगमन प्रणालीलाई प्रवद्र्धन गर्न प्राणी, वनस्पति र खाद्यस्वच्छतासम्बन्धि नियामकीय र संस्थागत क्षमता विकास गरिने उल्लेख गरिएको छ । फलफूल, तरकारी तथा अन्य वस्तुमा विषादीको अवशेष सम्बन्धमा प्रचलित मापदण्ड लागू गरिने एडीबीले जनाएको छ ।
किसानले औपचारिक क्षेत्रबाट कर्जा प्राप्त गर्नसक्नेगरी निश्चित कृषि उत्पादनमा व्यवसायिक योजना निर्माण गर्न सघाउने, साथै कृषि व्यवसायीकरणका लागि क्षमता विकास, व्यवसायिक ज्ञान र असल खेती प्रणालीसलाई प्रवद्र्धन गरिने बताइएको छ । कृषि क्षेत्रको दीगो विकासका लागि सम्बन्धित सरकारी कार्यालयहरुको पनि क्षमता विकास गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *