चालु आ.वमा सवा १७ अर्ब आम्दानी गर्ने निगमको प्रक्षेपण, नारिता उडानको तयारी

काठमाडौ, २० कात्तिक । नेपाल बायुसेवा निगमले चालु आर्थिक बर्ष २०७६/७७ मा १७ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । निगमको अन्तराष्ट्रिय सञ्चालनबाट १२ अर्ब ७५ रुपैयाँ, आन्तरिक सञ्चालनबाट ३२ करोड ४८ लाख र ग्राउण्ड ह्याण्डलिगंबाट ४ अर्ब १६ करोड रुपैयाँ आम्दानी गर्ने योजना रहेको छ ।

तथ्यांक अनुसार गत आवमा अन्तर्राष्ट्रिय, आन्तरिक र ग्राउण्डेड ह्याण्डलिंगबाट १५ अर्ब १४ करोड रुपैयाँ आम्दानीको भएको छ । त्यस्तै निगमले चालु आवको अन्त्यसम्ममा २ अर्ब २७ करोड रुपैयाँ बचत गर्ने पक्षपण समेत गरेको छ । निगमले विभिन्न प्राविधिक र सञ्चालन खर्च घटाएर बचत गर्ने दाबी गरेको हो ।

नारिता उडानको तयारी गर्दे निगम
जापानको ओशाका उडान गर्दै आएको नेपाल बायुसेवा निगमले आगामी मार्चमा जापानको नारिता उडान गर्ने तयारी गरेको छ । जापान सिभिल एभियनसँग अनुमतीको प्रक्रिया अगाडी बढाईएको निगमले बताएको छ ।

त्यस्तै, चीन, बंगलादेश, भियतनाम, म्यानमार लगायतका मुलुका विभिन्न सात वटा मुलुकका उडान भर्ने तयारी गरेको छ । बेईजिङ्ग, सांघाई (चीन), ढाका (बंगलादेश), याङगुन (म्यानमार), हानोई (भियतनाम), नोम फेन (कम्बोडिया) र कोलोम्बो (श्रीलंकमा) मा उडानका लागि अध्ययन गरिरहेको छ ।

खर्च देखाएन निगमले
नेपाल बायुसेवा निगमले चालु आवमा उल्लेखनीय आम्दानी गर्ने जनाए पनि खर्चको पक्षपण भने गरेको छैन । जहाज उचित परिचालन गर्न नसकी लामो समय देखि घाटा व्यहोर्दै आएको निगमले भने चालु आवमा बचत गर्ने दाबी समेत गरेको छ । त्यस्तै, आगामी जनवरी देखि नै जापानको नारिता उडान भर्ने दाबी गर्दै आएको निगमले हाल फेरी मिति भने सारेको छ । नारिताको उडानको मिति सरेर मार्च पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *