Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विद्युत शुल्क परिवर्तन गर्ने तयारीमा सरकार

विद्युत शुल्क परिवर्तन गर्ने तयारीमा सरकार

काठमाडौं, २१ कात्तिक । सरकारले विद्युतको नयाँ महसुल कायम गर्ने भएको छ । विद्युत नियमन आयोगले तयार पारेको विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६ को मस्यौदामा विद्युतको नयाँ शुल्क निर्धारण गरिने व्यवस्था गरिएको छ । आयोगले मस्यौदालाई निर्माण गरी सम्बन्धित निकायसँगको आवस्यक राय सल्लाहको लागि पठाईएको बताएको छ ।

गत साता नेपाल विद्युत प्राधिकरण संचालक समितिले सबै खालका विद्युत महसुल दर संशोधनसम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । त्यसैगरी, सो प्रस्तावको अन्तिम स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश गर्नेसमेत निर्णय गरेको थियो। प्राधिकरणले विद्युत महसुल दर हेरफेर गर्न आयोगलाई गरेको प्रस्ताव आयोगले निर्देशिका जारी भएसँगै कार्यान्वयनमा ल्याउनेछ। निर्देशिका बमोजिम नयाँ महसल दर निर्धारण नगरेसम्म भने हाल कायम रहेको महसुल यथावत् रहेन छ।

आयोगले तयार पारेको मस्यौदामा विभिन्न ५ वटा निर्देशक सिद्धान्तको अधिनमा रही महसुल निर्धारण गर्ने जनाइएको छ। यस्ता निर्देशक सिद्धान्तमा उपभोक्ताको हकहित संरक्षण, विद्युतको आपूर्तिमा गुणस्तरको सुनिश्चितता, र वितरण अनुमतिप्राप्त व्यक्तिको व्यससायिकता तथा प्रभावकारिता अभिवृद्धिलगायत छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x